आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेकपा एमाले पर्यटन विभागको सचिवमा चन्द्र रिजाल

बुधबार, २९ असार २०७३, २१ : ५०
बुधबार, २९ असार २०७३

काठमाडौ - नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन ब्यवसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टान का अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यस अघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य थिए । बुधबार नेकपा एमाले केन्द्रिय कार्यालयमा आयोजित विभागको पहिलो बैठकले रिजाललाई सर्वसम्मत सचिव चयन गरेको विभागका सदस्य कृष्णहरि खत्रीले जानकारी दिए । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता विभागका प्रमुख सूर्य थापाले गरेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सरकारको समर्थन फिर्ता लिने र अविश्वास प्रस्तावको परिक्षण व्यवस्थापिका संसदबाटै गर्ने बताए । विभागका प्रमुख थापाले पर्यटन क्षेत्र आफैंमा मुलुकको आर्थिक सम्बृद्धिका निम्ति मेरुदण्ड भएकाले यस क्षेत्रको विकास र प्रबद्र्धनमा विभागको मुख्य जिम्मेवारी हुने बताए । थापाले पार्टीको कान्छो विभागको रुपमा रहेको पर्यटन विभागलाई आगामी दिनमा सशक्त बनाई पार्टी पदाधिकारीको समेत ध्यान खिच्न सक्ने हैसियतमा पुर्याएर जिम्मा लगाउने प्रतिबद्धता व्यक्त गरे । २३ सदस्यीय विभागमा १९ जनाको उपस्थिति थियो । बैठकले विभिन्न विभागीय जिम्मेवारी तोक्दै हरेक गन्तव्यमा नीतिगत बैठक बस्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप