आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२८० सांसदले हस्ताक्षर गरिसके : कांग्रेस-माओवादी

बुधबार, २९ असार २०७३, २२ : ०४
बुधबार, २९ असार २०७३
काठमाडौँ -  नेपाली काँग्रेस र माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका अवस्थामा त्यसको टुङ्गो नलगाई व्यवस्थापिका–संसद्मा अन्य प्रस्तावमा छलफलको कार्यसूची नराख्न जोड दिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठक स्थगनपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रले सरकार छाडिसकेका अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उपयुक्त हुने, यदि उनलाई विश्वासको मत लिने इच्छा भए, त्यस्तो प्रस्ताव ल्याउन सक्ने, अन्यथा अविश्वासको प्रस्तावलाई अगाडि बढाउनुपर्ने बताए । सत्ता पक्षले भने संसद्मा विचाराधीन बजेटसँग आश्रित अन्य विधेयक पारितको प्रक्रियालाई अघि बढाउन सभामुखलाई आग्रह गरेको थियो । यसैबीच काँग्रेस नेता निधिले आफूहरुको अविश्वासको प्रस्तावमा आन्दोलनरत मधेसी मोर्चासहित २८० सांसदले हस्ताक्षर गरिसकेको जानकारी दिए । अविश्वासको प्रस्ताव संसद्मा दर्ताका लागि संसद्मा कायम कुल सदस्य सङ्ख्याको एक तिहाइ आवश्यक पर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप