मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रसुवा नुवाकोट समाजको विस्तार

बिहीबार, ३० असार २०७३, १६ : ३५
बिहीबार, ३० असार २०७३

काठमाडौँ– रसुवा, नुवाकोट क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नका लागि स्थापना भएको रसुवा नुवाकोट पर्यटन समाजले आफ्नो केन्द्रिय कार्य समिति बिस्तार गरेको छ । समाजको आज राजधानीमा बसेको भेलाले १९ सदस्यीय कार्यसमिति बिस्तार गरेको हो । रसुवा र नुवाकोटको पर्यटन उद्योगलाई सबल बनाउने उदेश्यका साथ समाजले अध्यक्षमा बलराम न्यौपाने,वरिष्ठ उपाध्यक्षमा शिव लामिछाने, उपाध्यक्षहरुमा दिनेश लामा, केदार तामाङ्, अम्बिर गुरुङ र सन्तोष न्यौपानेलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा शिव अधिकारी, उप महासचिवमा भुवन आचार्य, सचिवमा बासु पाण्डे, कोषाध्यक्षमा दिनेश तामाङलाई चयन गरेको छ भने सदस्यहरुमा रितु ग्यान्दाम, बिन्दा कुमारी पौडेल( न्यौपाने), रिता लामिछाने, मिन बहादुर अधिकारी, कृष्ण पाण्डे, इश्वर गुरुङ, गगन राज न्यौपाने, विपिन तामाङ र प्रेम तिम्सेनालाई चयन गरेको छ । समाजका अध्यक्ष बलराम न्यौपानेले रसुवा र नुवकोटका पर्यटन व्यवसायीलाई गोलबद्ध गरि पर्यटन प्रर्वद्धनमा सशक्त रुपमा लाग्ने बताउदैं समाजलाई थप चलायमान बनाउन कार्य समिति बिस्तार गरिएको बताए । समाजको भेलाले वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डे, चेतनाथ अधिकारी, सुमन पाण्डे, दीपक महत, श्याम केसी, लोप्सान लामा, मधुसुदन आचार्य, अच्युत गुरागाई, सम्भुराज पाठक र बैकुण्ठ पाण्डेलाई सल्लाहकार समितिमा मनोनयन समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप