मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उचित स्पष्टिकरण नदिए टानका कोषाध्यक्ष दाहाललाई कानुनी उपचार गरिने

बिहीबार, ३० असार २०७३, १९ : ०७
बिहीबार, ३० असार २०७३

काठमाडौं–ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले वर्तमान कोषाध्यक्ष लिला बल्लब दाहाललाई न्यायोचित भुक्तानी नगरेको भन्दै स्पष्टिकरण सोधेको छ ।

टानको बुधबार बसेको कार्यसमितिको बैठकले कोषाध्यक्ष दाहालले अनुचित रुपमा भुक्तानी नदिएको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । टानले ७ दिनभित्र आरोपित दाहाललाई संस्थाको सचिवालयमा लिखित रुपमा स्पष्टिकरण बुझाउन निर्देशन जारी गरेको छ ।

आरोपित दाहालले भने टानका अध्यक्ष र महासचिवले मनोमानी ढंगले आफूखुसी बैठक राखी चरित्र हत्या गर्ने कोशिस गरेको भन्दै आपत्ति जनाएका छन् ।

उता टानका महासचिव कर्ण बहादुर लामाले दाहालको आरोप निराधार भन्दै आफूहरुले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी अनुसार संस्था चल्नुपर्नेमा जोड दिएको भन्दै हरेक एजेण्डामाथिको छलफल कार्यसमितिको बैठकमा गरिएको बताए । हरेक निर्णयहरु सदस्यहरुमा प्रवाहित गरेको समेत लामाको भनाइ छ । यसअघि टानमा रहेको खर्चको अपरादर्शी बेरुजु तथा कैफियतहरुमाथि अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा यस कुराहरुलाई ढाकछोप गर्नका निम्ति केही पूर्वकार्यसमितीका पदाधिकारीको निर्देशनमा परिचालित भई टानलाई धरासायी बनाउने काम भइरहेकोप्रति टानले आपत्ति जनाएको छ ।

दाहालले दर्जनौं पत्रकारहरुका चेकहरु सुनियोजित रुपमा भुक्तानी नगरेको, संस्थाले आयोजना गरेको लाङटाङ म्याराथनमा सञ्चार खर्च नदिएर संस्थाको बदनामी गरेको घटनाले समेत दाहालको रबैया प्रष्ट रहेको टानले आरोप लगाएको छ ।

यिनै घटनाक्रमका आधारमा दाहाललाई स्पष्टिकरण सोधिएको र जवाफ चित्त नबुझेमा कानुनी उपचार खोजिने समेत टानका महासचिव लामाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप