बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कस्ले बुझ्ने ? टहरा मुनी रुझ्दै पढ्ने बालबालिकाको विजोग

शनिबार, ०१ साउन २०७३, १८ : २७
शनिबार, ०१ साउन २०७३
प्यूठान - दैनिकी वर्षा चलिरहेको छ, त्यो छाप्रे टहरो पानीको धारा झैं चुहिरहन्छ तर यहि चुहिने टहरामा पढ्न बाध्य छन्, यहाँका एक विद्यालयका बालबालिकाहरु । प्यूठान सदरमुकाम नजिकै पर्ने माझकोट गाविसको धर्मावति माध्यमिक विद्यालयमा गत वर्षको भुकम्पले विद्यालय पूर्ण ध्वस्त बनाएपछि सरोकारवालाहरुको अहिले सम्म उचित ध्यान जान नसक्दा विद्यार्थीहरुले चर्को घाम र वर्षातको झरीलाई सामना गर्दै पढ्न बाध्य हुनु परेको छ । विद्यालयको भौतिक संरचना पनि पठन पाठन जस्तै महत्व भएकोले भवन, फार्निचर, शौचालय, खेल मौदान, खानेपानी जस्ता कुरा ध्यान दिनु पर्ने प्रधानाध्यापक युवा राज भण्डारीले बताए । ‘तत्कालिन समयमा ३ महिना विहान – साँझको पालो लगाएर कक्षा सञ्चालन गरेका थियौं । त्यसपछी टहरा बनाउनका लागि शिक्षा जिल्ला कार्यालयबाट १ लाख ४० हजार रकम र नेपाली सेनाद्धारा जस्तापाताको व्यवस्था भयो र ४ कोठे बासको टहरा बनाई कक्षा सञ्चालन गरेका थियो,’ उनले भने– ‘१४ कोठाको भवन आवश्यक भएतापनि मात्र बहुवर्षिय योजना अन्तरगतको ४ कोठे भवन दिएको छ त्यसमा पनि अहिले २ कोठा मात्र डिपिसी गरिएको छ ।’ त्यस्ले गर्दा आवश्यकता अनुसार कोठाहरु व्यवस्थापन हुन नसकेपछी विद्यार्थीहरुले यो शास्ती ब्यहोर्न परेको उनले बताए । विद्यालयको भौतिक निर्माणका लागि कतैबाट कुनै सहयोग नभएको बताउदै तत्कालिन द्धन्द्धकालको समय अर्थात २०६० सालमा उक्त विद्यालयमा परेको योजनालाई पनि अन्य ठाउँमा पु¥याएकोले धेरै पहिले देखिनै विद्यार्थीहरु मारमा पर्दै आएको भण्डारीले बताए । सरकारको सिमित आर्थिक स्रोत हुने हुंदा पहुंच पुगेका विद्यालयहरुले पाउने र पिछडिएका दुरदराजका विद्यालयहरुलाई सरकारी निकायबाटै वेवास्ता गरिएकाले विद्यार्थीलाई अझैपनि पुरानो चुहिने जस्ताको छाप्रो मुनि पढाउन बाध्य भएको उनको भनाई छ । सम्बन्धित निकायको ध्यान जान नसक्नु र राजनीति चलखेल हुनुले विद्यालय अहिले पनि बत्तिमुनी अध्यारो बनेको माझकोटवासी जनसमुदायको गुनासो छ । उक्त विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म करिव ६ सय जना विद्यार्थीहरुले अध्ययन गर्ने गर्दछन् भने कक्षा ६ र ७ मा विद्यार्थीको संख्या बढि भएका कारण सेक्सन कक्षा पनि सञ्चालन गरिएको छ । कक्षा सातमा अध्ययनरत विद्यार्थी माधव प्रसाद पोख्रेलले विद्यालयलाई भुकम्पले क्षतिग्रस्त बनाए पछी वर्षातको समयमा पानीमा रुझ्दै र हिउदको समयमा जाडोले कठ्यारिदैं टहरामा पढ्न बाध्य भएको बताउछन् । ‘हामी बालबालिकाले घाम, पानी र जाडो त सामना गर्नु छंदै छ त्यसमाथि एउटा कक्षामा पढाई भइरहेको समयमा त्यो हल्लाले अर्को कक्षामा शिक्षकले पढाएका कुरा नसुन्ने, नबुझ्ने समस्या झनै ठुलो छ’, उनले भने–‘ पानी परेको समयमा त झन् ढोकाबाट भित्रै पानी आउछ, जस्ताचहिन्छ र पुस्तकहरु पनि जोगाउन सकिदैन् । यस्तो अवस्थामा हामीले कसरी आफ्नो अध्ययन निरन्तरता दिन सक्छौं र ?’ बाल बालिकाको हक अधिकारका कुरा गर्न भन्दा पनि राज्यले सहज र शान्त वातावरणमा पढ्ने व्यवस्था मिलाई भौतिक संरचनालाई पहिलो प्राथमिकता दिन आग्रह पोख्रेलले समेत गरे । सो विद्यालयमा करिव ३० वर्ष अगाढि देखि शिक्षण गर्दै आएका शिक्षक खेतुलाल भण्डारीले टहरामा पठन पाठन सञ्चालन गर्न अत्यन्तै अप्ठ्यारो भएको बताउछन् । उन भन्छन्– ‘भौतिक संरचना निर्माण गर्नको लागि हाम्रो विद्यालयलाई पछाडि पारिएको छ । शैक्षिक सामग्री र शौचालयको पनि राम्रो व्यवस्था हुन सकेको छैन् । विद्यार्थीका लागि आवश्यक भौतिक संरचनाहरुको राम्रो व्यवस्था नभएको खण्डमा उनीहरुको शिक्षामा असर पर्ने सम्भावना बढि हुन्छ । ग्रामिण क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्ने लागि सरोकारवालाहरुको चासो दुर्गम बस्तीहरुमा पनि पुगोस् ।’ विद्यालयमा एैक्षिक. विषयहरु कम्प्यूटर, लेखा, एैक्षिक. गणित, अर्थशास्त्र, इतिहास लगायतका विषय पढाइहुने र कम्प्यूटर विषय भने ६–८ कक्षासम्म मात्र हुने गरेको बताउदैं आवश्यक कक्षा कोठा, दक्ष शिक्षक आवश्यक भएअनुसार कम्प्यूटर नभएको १० कक्षा सम्मै कम्प्यूटर विषय सञ्चालन गर्ने नसकेको उनले शिक्षक भण्डारीको भनाइ छ । २०११ सालमा स्थानपा भएको विद्यालय २०५० साल देखि मावि तहको रुपमा सञ्चालन हुंदै आएको हो । हाल विद्यालयमा २ जना सहयोगी १ जना लेखापाल र १६ जना शिक्षक गरी १९ जना शिक्षक स्टाप रहेको छन् । जिल्लाका जुम्रीकाँढा, फोप्ली, विजुवार र धर्मावतिका विद्यार्थीहरुले अध्ययन गर्दै आएको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप