बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पानीको भाँडोमा डुबेर बालकको मृत्यु

शनिबार, ०१ साउन २०७३, १८ : ४०
शनिबार, ०१ साउन २०७३
  गौर ,तहट - रौतहटको लक्ष्मिनिया गाविसमा पानीको भाँडोमा डुबेर आज एकजना बालकको मृत्यु भएको छ । लक्ष्मिनियास्थित आफनो मामाघर आएका गम्हरिया गाविस–२ का जहुर मियाका डेढ वर्षीय छोरा बाबुदिन मियाको भाँडोमा रहेको पानीमा डुबेर मृत्यु भएको हो । लक्ष्मिनिया–५ का मामा जौहार मियाको घरमा मिठाइ बनाउनका लागि राखिएको भाँडामा डुबेर उक्त बालकको मृत्यु भएको हो । वर्षाको पानीले भरिएको भाँडोमा खेल्ने क्रममा आज बिहान ९ः३० बजे बालक मियाको डुबेर मृत्यु भएको छ । खेल्दाखेल्दै भाँडोमा पसेर अचेत भएका बालकको उपचारका लागि लगिरहेको अवस्थामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप