बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टर्कीमा सत्ता हत्याउने प्रयास, परिस्थिति नियन्त्रणभित्रै, मारिनेको सङ्ख्या ९०, करिब १५ सय घाइते

शनिबार, ०१ साउन २०७३, १९ : १९
शनिबार, ०१ साउन २०७३

 

अङ्कारा,-र्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि शनिबार बिहान परिस्थिति नियन्त्रणमा लिने प्रयास सरकारले गरिरहेको बताइएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डाेगेनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास शनिबार बिहानसम्म नै गर्नुभएको बुझिएको छ । उहाँ बिदामा बसेको समयमा यो प्रयास भएको थियो । करिब १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा टर्कीमा विद्रोहको आवाज उठेको थियो । सोही कारण पछिल्लो समयमा विभिन्न आन्दोलन सुरु भएका थिए । शुक्रबार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको जनाइएको छ । उहाँ इस्तानबुलको विमानस्थलबाट ओर्लिनुभयो र आफ्ना समर्थकहरुलाई सम्बोधन गर्नुभएको थियो । उक्त समर्थनमा उहाँले पछिल्लो समयमा आतङ्कवादीहरुले आक्रमण सुरु गरेको समयमा देशभित्रै यस्तो विद्रोह हुनु दुःखद हो भन्नुभयो । शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्याका सैनिक सडकमा ओर्र्लिएका थिए । उनीहरुले सरकारी सेनासँग भिडन्त पनि गरेका थिए । यस भिडन्तमा परी मारिने व्यक्तिको सङ्ख्या करिब ९० रहेको जनाएका छन् । त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका छन् । घाइते हुनेमा सर्वसाधारण के कति र कति सेना छन् भन्ने बारेमा भने केही खुलेको छैन । त्यस्तै मारिनेमा पनि के कतिजना सेना वा सर्वसाधारण छन् भन्ने बारेमा पनि केही खुलेको छैन । यी दुई सहरमा ती सैनिकले विद्रोह गरेका थिए । विद्रोही सैनिकले गोलाबारी पनि गरेका थिए । टर्कीको सरकारले यसलाई सैनिक विद्रोह भनेको छैन । राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको जनाइएको छ । टर्कीको सरकारी समाचार समिति, अन्दालउले यो समाचार दिएको छ । उक्त समाचारका अनुसार शनिबार बिहान अबेर तिर सयौँ सैनिकलाई नियन्त्रणमा लिएको छ भने सयौँले आत्मसमर्पण गरेका जनाइएको छ । सरकारले इस्तानबुल र अङ्कारामा कफ्र्यू लगाएको छ । कफ्र्यूका बाबजुद पनि राष्ट्रपति तैयपको राजनीतिक दलका समर्थकहरुले उक्त प्रयासका विरुद्धमा यी दुवै सहरमा सरकारको समर्थनमा जुलुश निकालेका छन् । राष्ट्रपतिले यस प्रयासलाई देशद्रोह भन्नुभएको छ । उहाँले यस्ता देशद्रोहीलाई नछोडिने पनि बताउनुभयो । उहाँले भन्नुभयो– यस्ता देशद्रोहीले भविश्यमा ठूलो मूल्य चुकाउनुपर्ने छ । त्यस विद्रोहमा संलग्न हुने सेनाको सङ्ख्या अझै स्पष्ट रुपमा आएको छैन । सरकारले कतिपयलाई नियन्त्रणमा लिएको छ भने केहीले आत्मसर्पण गरेका छन् । विद्रोहमा संलग्नहरुको खोजी र पहिचानको काम भइरहेको सरकारले जनाएको छ । यसको सबै विवरण आउन अझै केही घन्टालाग्ने पनि सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप