बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टर्कीमा सैनिक ‘कु’ प्रयासपछि भएको झडपमा एक सय एकसठ्ठी जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते

शनिबार, ०१ साउन २०७३, १९ : ४७
शनिबार, ०१ साउन २०७३

 

अंकरा (टर्की)- टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको शनिबारबताए । घटनामा एक हजार ४४० जना घाइते भएका छन् भने सरकारले दुई हजार ८३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा सुरक्षा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमलेबताए । विद्रोह प्रयासमा संलग्न दुई हजार ८३९ सेनालाई नियन्त्रणमा लिइएको छ भने थप केही सेनालाई विद्रोह प्रयासमा सघाएको आरोपमा सुरक्षा नियन्त्रणमा लिने क्रम अझै जारी छ । यसैबीच शुक्रबारकोे ‘कु’ प्रयास नियन्त्रणभित्र आइसकेको बताउँदै यस घटनाबारे छलफलका लागि शनिबार दिउँसो आकस्मिक रुपमा संसदीय बैठक बोलाइएको छ । प्रधानमन्त्रीले इस्लामिक धर्मनेता फेतुल्लाह गुलेनलाई सहयोग गर्ने कुनै पनि मुलुक टर्कीको असल मित्र हुन नसक्ने बताउनुभएको छ । गुलेनका समर्थकले सैनिक विद्रोह गराउने प्रयास गरेको टर्कीका सरकारी अधिकारीले बताएका छन् । गुलेन संयुक्त राज्य अमेरिकामा आफ्नै इच्छाले केही वर्षदेखि निर्वासनमा रहँदै आउनुभएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप