बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले घर बगायो, दुई घाइते

शनिबार, ०१ साउन २०७३, २१ : २९
शनिबार, ०१ साउन २०७३
बागलुङ, -अर्गल–४ वाभमा शनिबार बिहान गएको पहिरोमा परी दुई महिला घाइते भएका छन् । घाइते हुनेमा दुर्गबहादुर रोकाको ७० वर्षीया आमा नन्दु रोका र १८ वर्षकी छोरी फूलमायाँ रोका छन् । घाइते दुवैलाई उपचारका लागि सदरमुकाम ल्याइएको स्थानीयवासी गोविन्द घर्तीमगरले बताए । पहिरोले रोकाको घरगोठमा पूर्णरुपमा क्षति पु¥याएको छ । वृद्ध नन्दु रोकाको शरीरभरि चोट लागेको र फूलमायाँको हात भाँच्चिएको जनाइएको छ । गाउँलेले घाइते र चोट–पटक लागेका पशु चौपायाको उद्धार गरेका थिए । पहिरोले रोकाको घरगोठमा पूर्ण क्षति पुगेको छ । गोठमा बाँधिएका चार भैँसी घाइते भएका छन् । घरका सदस्य छिमेकीकोमा आश्रय लिएर बसेको घर्तीमगरले जानकारी दिए । अर्गल–७ का तुलबहादुर घर्तीमगरको गोठ पनि पहिरोले बगाएको छ । गोठमा रहेका एक गोरु र बाख्रा मरेको घर्तीमगरले बताए । गोठसँगै जोडिएको घर पहिरोको जोखिममा छ । अत्यन्त जोखिममा रहेका घरका सदस्यलाई सुरक्षितस्थलमा बसोबासको व्यवस्था गर्न लागिएको छ । शनिबार साँझसम्म पनि उद्धार र सहयोगका लागि प्रहरी घटनास्थल पुग्न सकेको छैन । स्थानीयवासी बिहानभर उद्धारमा खटेका थिए । अग्रलमा दर्जनौँ ठाउँमा ठूला–साना पहिरो गएको स्थानीयवासी अगुवा प्रकाश घर्तीमगरले बताए । “अर्गलको धेरै ठाउँमा पहिरो गएको छ, वाड नं ४ मा गएको सबैभन्दा ठूलो पहिरोले धेरै क्षति पुगेको छ” घर्तीमगरले बताए । गाउँको माझबाट गएको पहिरोले घरगोठमा क्षति पु¥याउनुका साथै मकैबारी सखाप पारेको उनको भनाइ छ । वडा नंं ४ को खानेपानी ट्याङ्कीमा पनि क्षति पुगेको स्थानीयवासीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप