सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डा. गोबिन्द केसीको अनसनबारे वरिष्ठ चिकित्सकहरुकै मत बाझियो

शनिबार, ०१ साउन २०७३, २१ : ३८
शनिबार, ०१ साउन २०७३

काठमाडौं – विभिन्न चार बुँदे माग राखि अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे वरिष्ठ चिकित्सकहरुको मत बाझिएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरिष्ठ चिकित्सक डा. भोला रिजालले स्वास्थ्यकर्मीहरु यतिबेला कसै न कसैको इशारा र कुचक्रमा फसेर विभाजित भएको आरोप लगाएका छन् । उनले भने,‘हामी कसको इशारामा आज चल्दैछौं, मलाई आश्चर्य लागेको छ ।’ सभापतित्वमा आयोजित साक्षात्कारमा उनले डा. गोविन्द केसीले गरेका यसअघिका चारवटा अनशनमा आफूले पूर्ण सहयोग गरेको उल्लेख गर्दै भने,‘मैले डा. केसीलाई चार पटकसम्मको अनशनमा पूर्ण साथ दिएको थिएँ, म आफैले अनशनस्थलबाट शीर्ष नेताहरुलाई फोनमै कुरा गरेर उहाँका मागहरु पूरा गर्न अनुरोध गरेको थिएँ ।’ उनले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रलाई धराशयी बनाउन कसैले खेल खेलिरहेको समेत आरोप लगाए । मेडिकल मुद्दामा डा. केसी अडिग रहेको उल्लेख गर्दै रिजालले भने,‘अख्तियारको मुद्दा उठाउनै नपर्ने मुद्दा हो, तर पनि यसबारेमा मेरो भन्नु केही छैन, म कसैको विरुद्धमा बोल्ने पक्षमा छैन ।’ उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै तह र तप्काका व्यक्तिहरु र सम्बन्धित निकायहरुले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘‘मेरो गोरुको बाह«ै टक्का कसैले पनि गर्नुहुँदैन, आखिर घाटा हामीलाई नै हुन्छ, यही गति हो भने नेपालको मेडिकल क्षेत्र ध्वस्त हुन्छ,’’ उनले थपे । मनमोहन अधिकारी नेपाल र नेपाली जनताका लागि सम्मानित व्यक्तित्व भएकाले उनको नाममा मनमोहन मेडिकल चिकित्सा विश्वविद्यालयको स्थापना गर्दा राम्रो हुने उनको तर्क छ । नेपाल मेडिकल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनी कुमार झाले डा. गोविन्द केसीले आफ्नो जीवनलाई नै दाउमा राखेर नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसंगतीलाई हटाउने काममा ८ औं पटकसम्म अनशन बसेर अडान देखाएको भन्दै त्यसको स्वागत गरे । उनले भने,‘डा. केसीजस्तो सम्मानित व्यक्तित्वले भित्रैबाट स्वास्थ्य क्षेत्रको सुधारको लागि काम गर्नुभएको छ, यसमा हाम्रो पूर्ण समर्थन छ ।’ अध्यक्ष झाले डा. केसीलाई पागल भनेर संज्ञा दिने व्यक्तिहरुले आफ्नो विद्धता देखाईसकेको भन्दै गुनासो पोखे । यद्यपी झाले डा. केसीले अख्तियार वा अन्य संवैधानिक अंगका व्यक्तिहरुको विरुद्धमा लाग्नुभन्दापनि आफूहरुको लडाई नेपाल सरकारसँग भएकाले सोही अनुरुप आफ्नो अडान कायम गर्नुपर्ने बताए । उनले भने,‘हामी अख्तियार वा अन्य कुनै निकाय वा आईजी एआईजीको विरुद्धमा लागेर किन ईनर्जी नष्ट गर्ने, हाम्रो लडाँई त नेपाल सरकारसँग हो नि ।’ त्यस्तै नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले अनशनरत डा. केसीका मागहरु जायज भएको स्पष्ट पारे । उनले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि नै डा. केसीले अनशन गरेको दाबी गरे । प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव एवम् बरिष्ठ चिकित्सक डा. रामनाथ अधिकारीले डा. गोविन्द केसीको आमरण अनशन नै अवैध भएको आरोप लगाए ।

कार्यक्रममा नेपाल बार एशोसियसनका उपाध्यक्ष मोतीराम गौतमले डा. केसीले उठाएका मागहरुमा सरकार उदासिन देखिएको भन्दै सरकारले नै दोषी रहेको बताए । गौतमले मेडिकल सेक्टरको सूधारका लागि डा. केसीले उठाएका मागहरु जाजय रहेको समेत दाबी गरे । यद्धपी संवैधानिक निकायका प्रमुखहरुले गलत गरेमा त्यसबारेमा संसदबाट सिफारिश समितिले अध्ययन गर्नुपर्ने उनको भनाई छ । आफ्नो अधिकार सुनिश्चित गर्ने नाममा अर्काको अधिकार हनन गर्ने काम कसैले पनि गर्नु नहुने तर्क गर्दै गौतमले भने,‘अनशनको नाममा अत्यावाश्यक सेवाहरु अवरुद्ध हुनुहुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप