सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माछा पोखरीमा डुबेर मृत्यु

शनिबार, ०१ साउन २०७३, २२ : ००
शनिबार, ०१ साउन २०७३
झापा  - झापाको गरामनीमा आज पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गरामनी–२ निवासी ३४ वर्षीय लुखीराम सोरेन रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । स्थानीय चन्द्रबहादुर लिम्बूको माछापोखरीमा नुहाउन गएका सोरेनलाई स्थानीयवासीले पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप