आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडक निर्माण गुणस्तरहीन भएको सांसदको आरोप

आइतबार, ०२ साउन २०७३, १५ : ३५
आइतबार, ०२ साउन २०७३

कपिलवस्तु - सांसद नरसिंह चौधरीले जिल्लाको क्षेत्र नं ५ का विभिन्न ठाउँमा जिविसको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सम्पन्न गरिएका भौतिक पूर्वाधार निर्माण कार्य गुणस्तरहीन भएको आरोप लगाएका छन् ।

सांसद चौधरीले आफू निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम निर्वाचन क्षेत्र नं ५ को संयोजकको हैसियतबाट निर्माण कार्यको अनुगमन गर्दा निर्माण कार्य गुणस्तरहीन पाएको बताएका हुन् ।

योजनामा आफ्नो अनिवार्य अनुगमन पछि मात्रै भुक्तानी दिनुपर्ने प्रावधान भए पनि आफूलाई बाइपास गरेर जिविसले निर्माण कार्यको भुक्तानी गरेको सांसद चौधरीले उल्लेख गरे ।

असार मसान्तको अन्तिम अवस्थामा भएको सडक निर्माण कार्य प्राविधिकको मिलोमतोमा गुणस्तरहीन भएको स्थानीयले पनि आरोप लगाएका छन् । कुल रु एक करोड ४७ लाख ७५ हजारको बजेट रहेको सात वटा सडक निर्माण कार्यमा देखिएको लापर्बाही र गुणस्तरहीन कार्यमा संलग्न प्राविधिक कर्मचारीउपर छानबिन गरी कारबाही गरिनुपर्ने सांसद चौधरीले माग गर्नु भयो ।

उता जिल्ला विकास समितिले भने योजनाको प्राविधिक मूल्याङ्कनका आधारमा बिल रकम भुक्तानी गरिएको स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप