आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुकुम्बासी बस्तीमा सरकारी दमनको विरुद्धमा उत्रिएका सात बन्दकर्ता पक्राउ

आइतबार, ०२ साउन २०७३, १५ : ३७
आइतबार, ०२ साउन २०७३

चितवन - सर्लाहीको सुकुम्बासी बस्तीमा सरकारले दमन गरेको जनाई आन्दोलनमा उत्रिएका नेकपा माओवादीका सात कार्यकर्तालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

बिहान ९ बजेदेखि दुई घन्टासम्म चक्काजाम आह्वान गरिएको थियो । सो क्रममा नारायणगढ र माडीमा गाडी रोक्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट छ र माडीबाट एक जनालाई पक्राउ गरिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप