आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सञ्चार मन्त्रालय रंगभेदी र साम्प्रदायीक भयो : मधेसी पत्रकार

आइतबार, ०२ साउन २०७३, १६ : ३१
आइतबार, ०२ साउन २०७३

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले संवैधानिक व्यवस्थालाई वेवास्ता गर्दै रंगभेद र साम्प्रदायिकतालाई संस्थागत गरेको मधेसी पत्रकारहरुले आरोप लगाएका छन् ।

यस विषयमा पटक–पटक नेपाल पत्रकार महासंघमा ध्यानाकर्षण गराउँदा समेत नियुक्तिहरुमा मधेसी समुदायलाई उपेक्षित गरिएको उनीहरुले अरोप लगाएका हुन् ।

मधेसी पत्रकार संघ र मधेस मिडिया हाउसले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै सरकारको उक्त कदमको विरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मधेसी पत्रकारसँग हुँदै आएको रंगभेदका विरुद्ध मधेसकेन्द्रीत नेतृत्व र मधेसी अधिकारकर्मीहरुले सरोकार नराख्दा नेपाल सरकारको रंगभेदी नीति क्रमशः संस्थागत हुँदै गएको छ । राज्यको चौंथो अंगभित्र रहेको मधेस विरोधी नीति प्रति मधेसी नेतृत्वको मौनताले हामीलाई चिन्तित तुल्याएको छ ।’

विज्ञप्तिमा महासंघ र सरकार दुवैलाई सबै समूदायको साझा बन्न पहल गर्न आग्रह गरिएको छ । रंगभेद र साम्प्रदायिकताले राष्ट्रिय अखण्डतामा असर पर्ने भन्दै सम्बन्धित पक्षलाई जिम्मेवार बन्न आग्रह समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप