आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जन्मदिनमा बेलको खुलासा : प्रेमिकासँग विवाह बन्धनमा बाँधिदै

आइतबार, ०२ साउन २०७३, १७ : ३५
आइतबार, ०२ साउन २०७३

म्याड्रिड – रियल म्याड्रिड स्टार गेराथ बेलले आफ्नो लामो समयदेखिको प्रेमिका एमा राइस–जोन्ससँग इन्गेजमेन्ट गरेको घोषणा गरेका छन् ।

आफ्नो २७ औं जन्मदिन मनाएको भोलिपल्ट बेलले यसको खुलासा गरेका हुन् । समाजिक सञ्जालमा ट्वीटरमार्फत प्रेमिका र आफ्नो तस्विर राख्दै उनले आफूले इन्गेजमेन्ट गरेको जानकारी दिए । स्कूलमा हुँदा प्रेममा परेका दुईले अब छिट्टै विवाह पनि गर्ने बताइएको छ । बेल र एमाको दुई छोरी अल्बा र नाभा रहेका छन् । युरो २०१६ पछि बेल हाल आफ्नो परिवारको साथमा स्पेनमा छुट्टी मनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप