आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१८ तलामाथिबाट ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्यु

आइतबार, ०२ साउन २०७३, १७ : ४८
आइतबार, ०२ साउन २०७३

बेइजिङ् - पूर्वी चीनको लोङकाउ शरहमा निर्माणाधिन भवनको १८ तलामाथिबाट निर्माण प्रयोजनका लागि सामान ओसार्ने ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्युभएको स्थानीय प्रशासनले बताएका छन् ।

साङदोङ प्रान्तको लोङकाउ शहरको सरकारी वेव साइटमा एलिभेटर १८औँ तलाबाट खसेको र उक्त समयमा कामदारका रुपमा ‘एलिभेटर’ मा रहेका आठ जनाको शुक्रबार मृत्यु भएको बताएको छ । अठार तलामाथिबाट खसेका उनीहरुलाई घाइते अवस्थामा उपचारका लागि अस्पताल पु¥याइएपनि गम्भीर चोटका कारण उपचारबाट जोगाउन नसकिएको प्रशासनले बताएको छ ।

चीनमा पछिल्ला वर्षहरुमा कामदारको सुरक्षाका लागि धेरै सुधारजन्य कार्यहरू भएपनि निर्माण नियम पालना नगर्दा कामदाररुको जीवन अझै जोखिमयुक्त रहेने गरेकोे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप