सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सत्तारुढ दलको यस्तो निर्णय

आइतबार, ०२ साउन २०७३, २२ : ४८
आइतबार, ०२ साउन २०७३
काठमाडौँ – संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछिको अवस्थाको समीक्षा गर्न आज साँझ सत्तारुढ दलहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकार परिवर्तन भन्दा पनि संविधान कार्यान्वयन हुन नदिने उद्देश्यले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको निष्कर्ष निकालेको उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले बताए । बैठकले अविश्वास प्रस्तावविरुद्ध संवैधानिक रुपमा डटेर सामना गर्ने निर्णय गरेको छ । अविश्वास प्रस्तावका विषयमा आगामी साउन ६ गते संसद्मा छलफल गर्ने कार्यसूची तय भएपछि कसरी त्यसको सामना गर्ने भन्नेमा बैठक केन्द्रित रहेको उपप्रधानमन्त्री मैनालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप