सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोटेकोसीले थप तीन घर बगायो

आइतबार, ०२ साउन २०७३, २२ : ५३
आइतबार, ०२ साउन २०७३

चौतारा – भोटेकोसी नदीले थप तीन घर बगाएको छ । नदी कटानले शनिबार र आज गरी तातोपानी गाविस–३ कोप्लाङ गाउँका थप तीन घर बगाएको हो ।

दुई दिनदेखिको लगातारको वर्षा र नदी कटानले करिब २०० मि माथि रहेको चौकीडाँडासमेत खतरामा परेको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए ।

तातोपानीको दश किलोदेखि दुई किमी क्षेत्रमा रहेको लिपिङ बजारसम्म एक सातादेखिनै मानव शून्य भइसकेको छ । कतिपय व्यक्ति राजधानी गइसकेका छन् भने थोरैमात्र चौकीडाँडास्थित आफन्तकहाँ बसिरहेका छन् ।

तातोपानीस्थित इको रिसोर्ट भन्दा तल रहेको पक्की सडकको तल्लो भागमा रहेको तार जालीसमेत नदीले कटान गरिरहेको हुँदा सडकको कुनाको भाग पहरोमा परिवर्तित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप