आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिकअपको ठक्करबाट बालिकाको मृत्यु

सोमबार, ०३ साउन २०७३, १० : २२
सोमबार, ०३ साउन २०७३

राजविराज - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ स्थित सडकखण्डमा आज बिहान टाटा पिकअप गाडीको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको बा२झ ७८४ नम्बरको टाटा पिकअप गाडीको ठक्करबाट सप्तरीको पन्सेरा गाविस–७ निवासी स्मत मियाँकी ३ वर्षीया छोरी सतोहा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा हिँड्दै गरेकी ती बालिकालाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टाटा पिकअप गाडीलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप