आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खोला तर्ने क्रममा वृद्धको डुबेर मृत्यु

सोमबार, ०३ साउन २०७३, ११ : २४
सोमबार, ०३ साउन २०७३

विराटनगर - खोला तर्ने क्रममा मोरङमा एक वृद्धको मृत्यु भएको छ ।

वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेटाङस्थित छोरीको घरबाट फर्कने क्रममा आइतबार अपराह्न लेटाङ–भोगटेनी–६ मा रहेको चिसाङ खोला तर्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप