आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा प्रहरीमाथि फेरि हमला, तीनको मृत्यु

सोमबार, ०३ साउन २०७३, ११ : ५२
सोमबार, ०३ साउन २०७३

लुजियाना – पाँच जना प्रहरीको ज्यान जाने गरी डालासमा गोलीकाण्ड भएको दुई हप्ता नबित्दै अमेरिकाको लुजियानामा फेरि तीन जना प्रहरीको हत्या भएको छ ।

काला वर्णका नागरिकमाथि प्रहरीले ज्यादति गरेको भन्दै अमेरिकामा अहिले ठूलो विरोध भइरहेको छ । यसै क्रममा प्रहरीमाथि आक्रमणको घटना पनि बढेको छ ।

दुई हप्ताको बीचमा दुई घटना भएपछि राष्ट्रपति बाराक ओबामाले शान्ति कायम गर्न लागि आग्रह गरेका छन् । उनले यो अप्ठ्यारो घडीमा सबैलाई एकजुट रहनसमेत आग्रह गरेका छन् ।

पछिल्लो गोलीकाण्ड भएको लुजियानाको ब्याटन रुज शहरमा पनि दुई हप्ताअघि एल्टन स्टर्लिङ नाम गरेका एक काला वर्णका नागरिकको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

घटनापछि सहर तनावग्रस्त थियो । डलासमा जस्तै यसमा पनि त्यही घटनाको बदला स्वरुप प्रहरीमाथि आक्रमण गरिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार गोलीबारी करिब १५ मिनेट चलेको थियो ।    अक्रमणकारी पनि गोलिबारीको क्रममा मारिएका थिए ।

स्थानीय समयअनुसार आइतबार बिहान भएको घटनामा अमेरिकी सेनामा काम गरिसकेका अफ्रिकन–अमेरिकन रहेको बताइएको छ । उनको नाम २९ वर्षीय ग्याभिन लङ रहेको र उनी मिसोउरीको कानसास सहरको बासिन्दा रहेको समाचारमा उल्लेख छ ।

मारिने प्रहरीमा मोन्टेरल ज्याकसन, म्याथ्यु जेराल्ड र ब्राड गाराफोला रहेका छन् । अक्रमणकारी पनि गोलिबारीको क्रममा मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप