आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धनले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने, सरकार जानेबारे अन्यौल

सोमबार, ०३ साउन २०७३, १४ : २१
सोमबार, ०३ साउन २०७३

काठमाडौँ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले अविश्वासको प्रस्ताव पारित गर्न सहयोग गर्ने निर्णय गरेको हो ।

यद्यपि, गठबन्धनले तत्काल सरकारमा जाने वा नजानेबारे कुनै निर्णय गर्न सकेन ।

गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागका विषयमा काँग्रेस–माओवादी गठबन्धनले लिखित सहमतिको प्रतिबद्धता जनाएको खण्डमा गठबन्धन सरकारमा सहभागी हुने मोर्चाले सङ्केत भने दिएको छ ।

करिब दुई महिने राजधानी केन्द्रित आन्दोलन सकेको गठबन्धनले दोस्रो चरणमा साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

राजधानी काठमाडौँसहित देशका विभिन्न १० स्थानमा बुद्धिजीवी तथा राजनीतिक दलका नेतालगायतसँग बृहत् अन्तक्र्रिया गरिने गठबन्धनको एक घटक सद्भावना पार्टीका महासचिव मनिस सुमनले जानकारी दिए ।

गठबन्धनको घोषित कार्यक्रमअनुसार काठमाडौँमा साउन ५, धनगढीमा १७, घोराहीमा २२, बुटवलमा २५, हेटौँडामा ३२, चन्द्रनिगाहपुरमा भदौ ४, बर्दिवासमा ११, इटहरीमा १७, बिर्तामोडमा २२ र विराटनगरमा २८ गते अन्तक्र्रियात्मक कार्यक्रम हुनेछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप