आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा हतियारसहित एक पक्राउ

सोमबार, ०३ साउन २०७३, १४ : ३१
सोमबार, ०३ साउन २०७३

लहान - सशस्त्र प्रहरीको गस्ती टोलीले गएराति सिरहाको गोलबजारबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोलबजारस्थित रामजानकी पेट्रोल पम्प नजिकबाट हतियारसहित गोलबजार नगरपालिका– ४ निवासी रामगणेश बेलदासलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवर्णबहादुर थापा मगरले जानकारी दिए ।

हतियार बोकेर स ५ प २२३ नम्बरको कालो रङ्गको मोटरसाइकलमा गइरहेको भन्ने गोप्य सूचनाको आधारमा विशेष टोली खटिएको थियो ।

पक्राउ परेका बेलदासको साथबाट एक थान सिक्सर पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली र पञ्जा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक थापामगरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप