आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लर्डस्मा हुने नेपाल र एमसीसीबीचको खेल युट्युवमा हेर्न पाइने

सोमबार, ०३ साउन २०७३, १५ : १४
सोमबार, ०३ साउन २०७३
[caption id="attachment_64343" align="alignleft" width="840"] file photo[/caption]

काठमाडौं – बेलायतको चर्चित मैदान लर्डस् मंगलबार हुने नेपाल र एमसीसीविरुद्धको मैत्रिपूर्ण खेल युट्युव च्यानलमार्फत प्रत्यक्ष प्रशारण हेर्न पाइने भएको छ ।

लर्डस्को युट्युव च्यानलले खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । त्यस्तै लर्डस्को फेसबुक पेजमा पनि यो खेल हेर्न सकिने बताइएको छ ।

५० ओभरको खेलमा नेपालको कप्तानी पारस खड्काले गर्नेछन् भने एमसीसीको कप्तान मिडलसेक्सका पूर्व अलराउन्डर किथ डचले गर्नेछन् । एमसीसीले तीन पटक नेपालको भ्रमण गरेको छ । गत वर्ष नेपालमा आएर काठमाडौं र पोखरामा ६ वटा खेल खेलेको थियो । त्यस्तै सन् २००३ र २००९ मा टोली आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप