आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकै दृश्य खिचेर दुई चलचित्र : ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

सोमबार, ०३ साउन २०७३, १६ : ४२
सोमबार, ०३ साउन २०७३

काठमाडौँ - एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् ।

विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सङ्गीतकर्मीद्वय अराज केशव र मोहित मुनालले बनाउन लागेको चलचित्रमा करिब ५० कलाकारले अभिनय गर्नेछन् । अराज केशवको कथा÷निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनय गर्ने केही कलाकार तय भइसकेका छन् जसमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान वर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य र भीष्म जोशीले अभिनय गर्ने पक्कापक्की भइसकेको छ ।

निर्माण पक्षका अनुसार एक पटक क्यामरा खोलेपछि चलचित्रका सबै दृश्य नखिचेसम्म बन्द हुने छैन । पूर्वाभ्यासका सबै तयारी सकेपछि चार घन्टा लगातार दृश्य खिचिने छ र कुनै दृश्य पनि दोहो¥याएर खिचिने अवसर हुने छैन । चलचित्रमा अन्य व्यावसायिक चलचित्रमा जस्तै ‘फ्ल्यास ब्याक’, रहस्य, द्वन्द्व, गीत र नृत्य आदि सबै समावेश गरिनेछ । पूरै दृश्य खिचिसकेपछि चलचित्रलाई दुई भागमा बाँडेर ‘जालो’ र ‘जालो रिटन्र्स’ बनाइने छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्र उद्योगमा नयाँ लगानीकर्तालाई आकर्षित गर्न यस्ता चलचित्र निर्माण हुन जरुरी रहेको बताए ।

चलचित्र पत्रकार सङ्घका अध्यक्ष शान्तिप्रियले यो नयाँ कामको थालनीमा सबैले साथ दिनुपर्ने बताउँदै यस चलचित्रले समग्र नेपाली क्षेत्रलाई नै अन्तर्राष्ट्रियकरण गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

निर्देशक अराज केशवले आफूले करिब सात वर्ष लगाएर यस्तो चलचित्र बनाउने सपना बुनेको बताउँदै चलचित्र सफल भई विश्व रेकर्ड कायम हुने आशा व्यक्त गरे।

चलचित्रको छायाङ्कन आगामी असोजमा गरिने तथा चलचित्र यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने छ । चलचित्रलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गराउन अहिलेदेखि नै पहल थालिएको निर्माता मोहित मुनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप