आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली विद्यार्थीको पहलमा धुर्मुस–सुन्तलीलाई अमेरिकादेखि पाकिस्तानी विद्यार्थीहरुको सहयोग

सोमबार, ०३ साउन २०७३, १८ : १२
सोमबार, ०३ साउन २०७३

काठमाडौं – चीनको राजधानी बेइजिङमा अध्ययनरत नेपाली विद्यार्थीहरुले धुर्मुस–सुन्तली फाउन्डेसनका लागि सहयोग रकम जम्मा गरेका छन् । बेइजिङका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले सहयोग रकम जम्मा गरेका हुन् ।

करिब ६२ विद्यार्थीहरुले फाउन्डेसनका लागि रकम जम्मा गरेका हुन् । यसरी फाउन्डेसनलाई सहयोग गर्नेमा नेपाली विद्यार्थीहरु मात्र नभएर पाकिस्तान, बंगलादेश, अमेरिका र चिनियाँ विद्यार्थीहरु पनि रहेका छन् । उनीहरु बेइजिङ ल्याङवेज एण्ड कल्चरल युनिभसिर्टी र बेइजिङ नर्मल युनिभर्सिटीका विद्यार्थी रहेका छन् ।

सिन्धुपाल्चोकको गिरनचौरमा भूकम्पपीडतका लागि सामुहिक आवास निर्माणमा जुटेका हाँस्यकलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेका लागि उनीहरुले ४०४५ आरएमबी रकम जम्मा गरेका छन् ।

आइतबार फाउन्डेसनको कार्यालय पुगेर उनीहरुले उक्त रकम हस्तान्तरण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप