सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भीरबाट नीजि गाडी खसालेर चालक वेपत्ता

सोमबार, ०३ साउन २०७३, २० : ५५
सोमबार, ०३ साउन २०७३
काठमाडौं, ३ साउन – रसुवाको राम्चे गाविस १ मुलखर्कमा एक नीजि गाडी दुर्घटना गराएर चालक फरार भएका छन् । सोमबार साँझ बा १४च ७६४९ नम्बरको जीप भीरबाट खसालेर चालक फरार भएका हुन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका डिएसपी दर्शन गिरीले चालकले बिमा बापतको रकम दाबी गर्नका लागि जानाजान दुर्घटना गराएको हुने सक्ने बताए । गिरीले निकै पुरानो जीप स्थानान्तरणपछि नयाँ नम्बर राखिएको खुल्न आएको बताए । जिप भीरबाट करिब ५० मि तल खसेको थियो । प्रजिअ कृष्णप्रसाद अधिकारीले पनि नीजि गाडी दुर्घटना भएको र कुनै मानविय क्षतिभएको नपाइएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप