आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिहारमा नक्सलवादीहरुको हमलामा १० सुरक्षाकर्मीको मृत्यु

मङ्गलबार, ०४ साउन २०७३, १० : १७
मङ्गलबार, ०४ साउन २०७३

पटना – भारतको औरंगावाद–गया जिल्लाको सीमामा रहेको सोनदाहा जंगलमा सिआरपीएफ कमाण्डो र नक्सलवादी विद्रोहीबीच भएको दोहोरो भिडन्तमा १० सिआरपीएफ जवान तथा ६ बिद्रोहीको मृत्यु भएको छ ।

सोमबार दिउँसो नक्सलवादीहरुले ल्याण्ड माइन विस्फोट गराएका थिए । विस्फोटपछि उनीहरुको खोजीमा निस्केका कमाण्डो र नक्सलवादीबीच भिडन्त भएको थियो । भिडन्त राती २ बजेसम्म चलेको थियो ।

घटनामा घाइते भएका सुरक्षाकर्मीलाई राती नै हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुलाई पटना लगेर अस्पतालमा भर्ती गरिएको थियो ।

एक हप्ताअघि मात्र नक्सलवादीहरुले औरंगावादका एसपी बाबुरामको हत्या गर्ने धम्की दिएका थिए । सोमबार दिउँसो उनीहरुलाई घेराबन्दी गर्न पुगेका सिआरपीएफ कमाण्डो पुगेको थियो । तर, त्यसबारे पहिलेनै सुइँको पाएपछि नक्सलवादीहरुले उनीहरुमाथि हमला गरेका थिए ।

डुमरी क्षेत्रमा नक्सलवादीहरुले ल्याण्ड माइन विस्फोट गर्दा ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो । त्यसपछि दुवैपक्षबीच दोहोरो भिडन्त शुरु भएको बताइएको छ ।

नक्सलवादीहरु लुकेर बसेको सूचनाको आधारमा सीआरपीएफ कमाण्डो, औरंगाबाद प्रहरी र कोबरा २०५ का सयौं सुरक्षाकर्मीले यो अपरेशन संचालन गरेका थिए । अहिले पनि ५० देखि ६० जना सुरक्षाकर्मी जंगलमा फँसिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप