आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज गुरु पूर्णिमा मनाइँदै

मङ्गलबार, ०४ साउन २०७३, ११ : १७
मङ्गलबार, ०४ साउन २०७३

काठमाडौँ -  आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’ भन्नाले अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

“अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ, यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ, माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ”–उनले भने ।

गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप