आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु, दुई घाइते

मङ्गलबार, ०४ साउन २०७३, ११ : २२
मङ्गलबार, ०४ साउन २०७३

पाँचथर - छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम–२ स्थित ओदिन बस्ने एक व्यक्तिको गएराति मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने उनका छिमेकी १९ वर्षीय मनोज तुम्बापोको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ४९ वर्षीय देवराज तुम्बापोको उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमै गएराति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय श्रेष्ठले बताए ।

यस्तै, खुकुरी प्रहारबाट देवराजका छोरा १९ वर्षीय आइन्द्र लिम्बू र २६ वर्षीया छोरी सावित्रा लिम्बू घाइते भएका छन् । उनीहरुको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गरी फरार भएका मनोजको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । छिमेकी जय तुम्बापोको घरमा मरुमराउ भएको हुँदा राति क्रियापुत्री रुङ्ने क्रममा भेला भई बसिरहेको अवस्थामा मनोज र देवराज तुम्बापोबीच विवाद भएको थियो ।

वादविवादपश्चात् देवराज तुम्बापो आफ्नो घरतर्फ जाँदै गर्दा मनोज तुम्बापोले पिछा गरी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप