सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने

बिहीबार, ०६ साउन २०७३, २२ : ४१
बिहीबार, ०६ साउन २०७३
काठमाडौँ– सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बिहिबार सात दोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि ३५ खेल समावेश गर्ने भनिएको थियो । शारीरिक सुगठन, पौडी र ट्रायथलनका राष्ट्रिय प्रतियोगिता यसअघि नै सकिइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । यस पटकदेखि एथलेटिक्स अन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै बैठकले सातौँ खेलकुदका लागि खेलाडी दर्ता यही साउन २५ देखि आगामी भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मङ्सिर ३ गतेलाई ताकेको छ । गत आइतबार सम्पन्न राखेपको १०६औंँ बोर्ड बैठकले सातौँ राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मङ्सिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो । बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भए पनि सातौँ राष्ट्रिय खेलकुद स्थगन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप