सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारी टोली  डा केसीसँगको वार्ता सकारात्मक

बिहीबार, ०६ साउन २०७३, २२ : ४३
बिहीबार, ०६ साउन २०७३
[caption id="attachment_64814" align="alignleft" width="840"] file photo[/caption] काठमाडौँ,साउन ६ सरकारी वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीको प्रतिनिधि वार्ता टोलीबीचको आजको वार्ता सकारात्मक भएको छ । डा केसीका तर्फबाट वार्तामा सहभागी डा जीवन क्षेत्रीले वार्ता सकारात्मक रुपमा अगाडि बढेको र सबै बुँदामा छलफल भएको जानकारी दिए । उनलेभने, “आजको वार्ताको प्रगतिबारे हामीले डा केसीलाई जानकारी गराउने र उहाँहरू (सरकारी टोली) ले सरकारलाई जानकारी गराएर थप वार्ता गर्ने गरी आजको वार्ता टुङ्गिएको छ ।” वार्तामा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा शैलेन्द्र उप्रेती, केदारबहादुर अधिकारी र लवदेव अवस्थी तथा प्रा डा केसीका तर्फबाट डा रञ्जन सापकोटा, डा अञ्जनीकुमार झा, डा क्षेत्री, डा लिजन महर्जन, डा स्नेहबन्धु रेग्मी र सुमन आचार्य सहभागी थिए । डा केसी चिकित्सा क्षेत्र सुधार लगायत विभिन्न माग राख्दै गत १२ दिनदेखि अनशन बसिरहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप