आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रियललाई पछि पार्दै गोमेजलाई बार्सिलोनाले अनुबन्ध गर्यो

शुक्रबार, ०७ साउन २०७३, ११ : २९
शुक्रबार, ०७ साउन २०७३

बार्सिलोना – चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोनाले पोर्चुगलका मिडफिल्डर आन्द्रे गोमेजलाई अनुबन्धन गर्ने भएको छ ।

अर्को स्पेनिस क्लब भ्यालेन्सियाबाट खेल्ने २२ वर्षीय गोमेज पोर्चुगलको युरो विजेता टोलीका महत्वपूर्ण सदस्य थिए ।

स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले गोमेजलाई भित्र्याउन करिब ४५.८ मिलियन पाउण्ड खर्च गर्नुपर्नेछ ।

बेन्फिकाबाट भ्यालेन्सिया आएका गोमेजले क्लबबाट ७७ खेल खेलका छन् ।

गोमेजलाई किन्न रियलले पनि इच्छा देखाएको म्याड्रिडको पत्रिका एएसले जनाएको थियो ।

गोमेज यस सिजन बार्सिलोनाले किनेको चौंथो खेलाडी हुन् । बार्साले यसअघि डेनिस सुवारेज, स्यामुअल उमिटिटी र लुकास डिग्नेलाई अनुबन्ध गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप