आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेडको जर्सी नम्बर सार्वजनिक : इब्रालाई ९ नम्बर, पोग्बाका लागि ६ नम्बर खाली

शुक्रबार, ०७ साउन २०७३, ११ : ४२
शुक्रबार, ०७ साउन २०७३

म्यान्चेस्टर – इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले नयाँ सिजनका लागि टोलीको जर्सी नम्बर सार्वजनिक गरेको छ ।

नयाँ अनुबन्ध गरिएका ज्लाटान इब्राहिमोविचलाई ९ नम्बर दिइएको छ भने एन्थोनी मार्सियाललाई ११ नम्बरमा स्थानान्तरण गरिएको छ ।

रोचक कुरा त्यसमा नम्बर ६ खाली राखिएको छ । धेरेले यो पाउल पोग्बाको लागि खाली राखिएको अनुमान गरेका छन् ।

युभेन्टसका मिडफिल्डर चार वर्षअघि युनाइटेडबाटै फ्रि ट्रान्सफरमा बाहिरिएका थिए । तर, अहिले उनी विश्वकै महंगो खेलाडी बन्दै पुनः क्लबमा भित्रने चर्चा चलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप