आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड अवरुद्ध, स्थानीय त्रसित

शुक्रबार, ०७ साउन २०७३, ११ : ४७
शुक्रबार, ०७ साउन २०७३

गुल्मी -अविरल वर्षाका कारण गुल्मीको रिडी–तम्घास सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत दुविचौरस्थित भँगारीमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बुटवल र काठमाडौँका लागि छुटेका र सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन र सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध सडक सञ्चालन गर्न डोजर परिचालन भइरहेको हुँदा सडक सञ्चालन हुन अझै केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय प्रमुख एवम् प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठले जानकारी दिए ।

अविरल वर्षाका कारण सडक बीच–बीचमा खसेको पहिरोका कारण रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डसमेत अवरुद्ध बनेको छ ।

यस्तै अविरल वर्षासँगै बढीघाट खोलामा आएको बाढीका कारण गुल्मीको जोहाङ गाविस–२ अन्तर्गत उर्लीखोला बजार पुनः जोखिममा परेको छ । गएरातिदेखि खोलामा आएको बाढीको बहाब बढ्दै जानथालेपछि बजार क्षेत्रका ६० घर उच्च जोखिममा रहेको स्थानीयवासी विष्णुमाया भण्डारीले बताए ।

बिहीबारदेखि निरन्तर रुपमा परेको वर्षाले बजार नजिकैको बडिघाट खोलाको सतह बढ्दै गएपछि सडकसमेत बगाउन थालेको बताइएको छ । खोला बढ्दै जानथालेपछि यतिबेला नदी किनारका बासिन्दा निकै त्रसित छन् ।

बडिघाटको जोखिममा रहेको उर्लीखोला बजार क्षेत्रको सिंङ्गो बस्ती पानी पर्नासाथ घर नै छोड्नुपर्ने बाध्यतामा छन् । बजारका अधिकांश घर बडीघाट खोलाबाट १० देखि १५ मिटरसम्मको दूरीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप