आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बनेपामा काँग्रेस सभापतिको सम्मेलन : ४०० प्रतिनिधिको सहभागिता रहने

शुक्रबार, ०७ साउन २०७३, ११ : ५१
शुक्रबार, ०७ साउन २०७३

बनेपा - काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक देशभरका नेपाली काँग्रेसका नगर सभापतिको सम्मेलन हुने भएको छ ।

आगामी असोज ३ र ४ गते हुने सो सम्मेलनमा २१९ नगर सभापतिसहित करिब ४०० प्रतिनिधिको सहभागिता रहने नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगर सभापति राम जोशीले जानकारी दिए ।

उनले त्यसका लागि १८ लाख खर्च हुने अनुमान गर्दै केही रकम रजिष्ट्रेसनबाट र अन्य विभिन्न व्यक्ति वा सङ्घ, संस्थाबाट सहयोग लिएर जुटाइने बताए ।

नगर सभापतिलाई धुलिखेलमा बस्नका लागि प्रबन्ध गरिनेछ र ऐतिहासिक नगरी पनौतीलगायत पर्यटकीय क्षेत्रको भ्रमण गराइनेछ, सभापति जोशीले भने ।

सम्मेलनमा स्थानीय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरणलगायतका एजेन्डामा छलफल हुनेछ । सम्मेलनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप