आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

शुक्रबार, ०७ साउन २०७३, ०६ : ५५
शुक्रबार, ०७ साउन २०७३

रौतहट - यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजपुर फरहदवा वडा नं २ का शिवभगत मालीका ३० वर्षीय छोरा दिनेश मालीको गएराति करेन्ट लागेर मृत्यु भएको छ ।

राति ९ः३० बजेको समयमा आफ्नै गाउँ वडा नं ७ मा रहेको पुरानो ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएको मालीको उपचारका लागि बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय राजपुर फरहदवाका प्रहरी नायब निरीक्षक श्री चन्द्रकान्त अधिकारीले घटनासम्बन्धी छानबिन गरिरहेको र मालीको शवलाई परीक्षणका लागि आज बिहान ८ बजे जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरी नायब निरीक्षक अधिकारीले बताए ।

प्रहरीका अनुसार माली विद्युत्का कर्मचारी नरहेको र कसको निर्देशनले ट्रान्सफर्मर मर्मत गर्न गएको सो सम्बन्धमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप