आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोहलीको शतकले वेस्ट इन्डिजबिरुद्ध भारत सुदृढ अवस्थामा

शुक्रबार, ०७ साउन २०७३, १२ : ११
शुक्रबार, ०७ साउन २०७३

एन्टिगुवा – वेस्ट इन्डिजबिरुद्धको पहिलो टेस्टमा कप्तान विराट कोहलीको शतकको मद्दतले भारतले पहिलो दिनको खेल समाप्ति हुँदासम्म ४ विकेटको क्षतिमा ३ सय २ रन बनाएको छ ।

कप्तान कोहली १ सय ४३ रन बनाएर नटआउट रहेका छन् । उनले १९७ बलको सामना गर्दै १६ चौका प्रहार गर्दै सो स्कोर बनाए ।

टेस्टमा उनको तेस्रो ठूलो स्कोर हो भने भारतीय कप्तानले वेस्ट इन्डिजमा बनाएको दोस्रो ठूलो स्कोर पनि हो । यसअघि राहुल द्रभिडले सन् २००६ मा १ सय ४६ रन बनाएका थिए । आज उनले यो किर्तिमान भंग गर्न सक्छन् ।

उनलाई देभेन्द्र विसुको बलमा आउट हुनअघि ८४ रन बनाउँदै शिखर धवनले राम्रो साथ दिए ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतको शुरुवात भने राम्रो हुन सकेन । १४ रन बनाउँदा नै मुरली विजयलाई भारतले गुमाएको थियो । त्यसपछि चेतेश्वर पुजारा र धवन मिलेर स्कोर ७४ रनसम्म पुर्याए । पुजारा १६ रन बनाएर आउट भए । त्यसपछि धवन र कोहलीले इनिङ सम्हाले ।

अन्य ब्याटसम्यानमा अजिंका रहानले २२ रन बनाए भने हाल कोहलीसँग २२ रन बनाएका रविचन्द्र आश्विन क्रिजमा रहेका छन् ।

वेस्ट इन्डिजका लागि विसुले तीन विकेट लिए भने सानोन ग्याब्रियालले १ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप