आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशभर वर्षाको कहर : कतै डुबान, कतै पहिरो

शुक्रबार, ०७ साउन २०७३, १३ : १७
शुक्रबार, ०७ साउन २०७३

काठमाडौं – मनसुनी रेखा नेपालतर्फ मोडिएपछि यसैसाताबाट देशका विभिनन भागमा शुरु भएको वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र डुबानका साथै पहिरो गइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा भैरहवामा सर्वाधिक १२३ मिलिमिटर वर्षा भएको छ भने सिमरामा १०९ मिलिमिटर वर्षा भएको छ ।

नेपालगंज र डडेलधुरामा पनि उल्लेख्य मात्रामा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार वर्षा आज र भोली जारी रहने छ भने पर्सीदेखि देशको मध्य र पश्चिमी भागमा वर्षाको मात्रा घट्ने र पूर्वी भागमा भने वर्षा कायम रहनेछ ।

जल तथा मौसम विज्ञान विभागको हाइड्रोलोजी डिपार्टमेन्टको वेभसाइटमा पश्चिमी राप्तीको विजुवारटार र नारायाणीको आदिखोला बोर्लाङपुलमा नदी खतराको संकेतमाथि रहेको जनाइएको छ ।

पछिल्लो समय न्यूनचापीय क्षेत्रमा मनसुनी गतिविधि केन्द्रित भएकाले त्यसको असरस्वरुप नेपालमा वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । “मनसुनी रेखा भनेको पानी पर्नका लागि बनेको न्यूनचापीय क्षेत्रहरुको लाइन हो, यो नेपालको पूर्वी भागबाट प्रवेश गरेको छ, न्यूनचापीय क्षेत्रमा अरबियन सागर र बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावले मौसममा खराबी आएको छ” – उनले भने ।   विगत तीन–चार दिनदेखि निरन्तर (केही घन्टा रोकिँदै) परेको वर्षात् अझै एक–दुई दिन जारी रहने मौसमविद अर्यालले बताए ।

साधरणतया जुन देखि सेप्टेम्वरको चार महिना सम्मको समयलाई दक्षिण एशियाली मानसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ वर्षा हुने गर्दछ।  

बाढी र पहिरो बारे पछिल्लो अपडेट

नवलपरासीको परासी बजारमा बाढी पस्यो (तस्बीरहरु सहित ) 

म्याग्दीको तोराखेतमा निरन्तर पहिरो : एक घर र दुई गोठ बगायो 

पहिरो खस्न थालेपछि स्थानीय त्रसित

पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड अवरुद्ध, स्थानीय त्रसित

रुपन्देहीमा यसरी उद्दार गरियो बाढीमा फसेका ७ जनालाई 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप