आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा यसरी उद्दार गरियो बाढीमा फसेका ७ जनालाई

शुक्रबार, ०७ साउन २०७३, १३ : ५७
शुक्रबार, ०७ साउन २०७३

भैरहवा - बिहिबार रातीदेखि परेको अविरल बर्षाको कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । बर्षाको कारण भैरहवा, लगायत यस आसपास डुबानमा परेको छ ।

अविरल बर्षाको कारण रुपन्देहीको रोहिणी खोलामा बाढी आउँदा दर्जन बढी घर बगाएको छ । रुपन्देहीको पट्खौली र बसन्तपूर गाविसमा बाढीले धेरै नोक्सान गरेको छ । बाढीले पटखौलीको सुकुम्वासी बस्ती बगाएको छ । पट्खौली वडा नम्बर ५ मा रहेको १६ वटा घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए । उनले सो बस्तीका १५ जना बालबालिका सहित ६० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए  ।

यसै गरि राती एक्कासी आएको बाढीमा बसन्तपुर गाविस वडा नं. ४ का पनि ४ वटा घरहरु बगाएको छ । एक्कासी टोलमा बाढी पसेपछि सो घरमा बस्ने ७ जना रातभरि रुखमा बसेर ज्यान जोगाएका थिए । बिहान पुगेको नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्दार गरेको छ ।

उद्दार गरिनेमा निरकेवल चमार, दुखी केवट, पूर्णवासी केवट, मात्रिका नाउ, सुनिता केवट, सामदुलारी केवट र कोल्यिा नाउँ रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप