आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक करोडको बीउ निर्यात

शुक्रबार, ०७ साउन २०७३, १४ : ३१
शुक्रबार, ०७ साउन २०७३

डडेल्धुरा - विभिन्न हिउँदे र बर्खे बालीका रु करोडभन्दा बढीको बीउ जिल्लाबाट निर्यात गरिएको छ ।

कृषक सहकारी संस्था लिमिटेडले आव २०७२÷७३ मा एक लाख २१ हजार ९०९ मेट्रिक टन बीउ निर्यात गरेको हो । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा रहेका कृषक समूह गठन गरी उनीहरुले उत्पादन गरेको बीउ निर्यात गरेको हो ।

जिल्लाबाट अरुण २, रामपुर ‘क’ र मनकामना जातको मकैको बीउ, सिमी चौमासे, त्रिशूली, रामतोरिया, केराउ सिलो, स्थानीय जातको चम्सुर, मुला ४० दिने, मिर्नुअली, रायो खुमुल चोडा पात, खुमल रातो, माफचोडा पात, धनियाँ कलमी, ब्रोकाउली, गीनस्पटी, स्थानीय पालुङ्गो बीउ निर्यात गरिएको कृषक सहकारी संस्थाका अध्यक्ष धनबहादुर शाहीले बताए ।

विगत १०÷१२ वर्षदेखि डडेल्धुराका कृषकलाई कृषि उपज तथा बीउ उत्पादनमा प्रेरित गरी वार्षिक लाखाँै बराबरको बीउ तथा तरकारी निर्यात गर्दै आएको छ । यसवर्ष हिँउदे र बर्खेबाली गरी करिब रु एक करोड १० लाख बराबरको बीउ निर्यात गरिएको सहकारी संस्थाका प्रबन्धक चन्द्र ओझाले बताए ।

यसैगरी अरुण दुई मकै उत्पादन ५४ हजार ४२ क्विन्टल, रामपुर कम्पोजिट मकै २६ हजार २१६ क्विन्टल, मनकामन ३ मकै ६ हजार ४५ क्विन्टल, चौमासे सिमी बीउ १० हजार १२७ क्विन्टल, ४० दिने मुला एकहजार १४१ क्विन्टल, केराउ ६ हजार ४८ क्विन्टल, चमसुर एकहजार ३५१ क्विन्टल, मिनुअर्लि मुला २७० क्विन्टल, रायो ५५८ किलो, ब्रोकाउली १४९ क्विन्टल र पालुङ्गो १८६ किलो निर्यात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप