आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चट्याङले विद्युत् सेवा अवरुद्ध्

शुक्रबार, ०७ साउन २०७३, १५ : ००
शुक्रबार, ०७ साउन २०७३

बैतडी - चट्याङका कारण बैतडीको रौलेश्वरमा २४ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

असारको तेस्रो सातादेखि अविरल वर्षासँगै परेको चट्याङका कारण गाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । विद्युत् अवरुद्ध भएको बारेमा विद्युत् प्राधिकरणलाई जानकारी गराउँदा समेत केही पहल नभएको उनीहरुको गुनासो छ । गाउँमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि कुटानीपिसानी समेत बन्द भएको स्थानीयवासी नरेन्द्र विष्टले जानकारी दिए ।

रौलेश्वर उच्च माविमा कम्प्युटर सञ्चालन गर्न सकिएको छैन भने स्वास्थ्य चौकीमा ‘फ्रिज’मा राख्नुपर्ने खोप राख्न नसकिएको रौलेश्वर स्वासथ्यचौकीका प्रमुख डेपुराम रानाले जानकारी दिए । उनले भने, “फ्रिजको अभावमा खोप सेवा नै प्रभावित हुन पुगेको छ ।”

यस्तै पाटन नगरपालिका–२ सकारमा विगत १४ दिनदेखि विद्युत् अवरुद्ध भएको छ । सो ठाउँमा रहेको विद्युत् ट्रान्सर्फमरमा समस्या भएपछि १३ दिनदेखि विद्युत् अवरुद्ध भएको स्थानीय गणेशदत्त भट्टराइले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप