आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बहुविवाहको मुद्दामा दुई वर्षपछि पक्राउ परे मानन्धर

शुक्रबार, ०७ साउन २०७३, १५ : २१
शुक्रबार, ०७ साउन २०७३

बनेपा – काभ्रेपलाञ्चोकमा बहुविवाहको मुद्दामा अदालतबाट कैद सजाय भएर पनि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाहको मुद्दामा झन्डै दुई वर्षअघि भक्तपुर जिल्ला अदालतले रु २५ हजार जरिवानासहित एक वर्ष ११ महिना ९ दिन कैद सजायको फैसला गरेपछि फरार रहेका धुलिखेल नगरपालिका–३ बस्ने ४५ वर्षीय चन्द्रबहादुर मानन्धरलाई धुलिखेलबाट नै प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

मानन्धरलाई अदालतले २०७० फागुन ५ गते जरिवानासहित कैदको सजाय सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप