आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडक निर्माण गर्दा नहर पुरियो, एघार सय रोपनी खेत बाँझै

शुक्रबार, ०७ साउन २०७३, १६ : ०९
शुक्रबार, ०७ साउन २०७३

बैतडी - सडक निर्माण गर्दा नहर पुरिएर एक हजार एक सय रोपनी खेत बाँझै रहेको छ ।

त्रिपुरा–सेरा–ढिकगाड सडक निर्माणका क्रममा दशरथचन्द नगरपालिका–६ मा सिँचाइ नहर पुरिँदा उक्त खेतमा रोपाइँ लगाउन नपाउँदा बाँझै रहेको स्थानीय कैलाश जोशीले जानकारी दिए ।

धानखेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिने दशरथचन्द नगरपालिका– ६ र १२ सेरामा पर्ने जवाली नहर करिब ७०० मिटर पुरिएको छ । सडक निर्माणका क्रममा पुरिएर ११ कट्ठामा लगाइएको मकै र धानबाली समेत नष्ट भएको छ । गएको जेठ महिनामा सडक निर्माण गर्दा खेतीयोग्य जमिन पुरिएको हो । ठेकेदारको लापर्बाहीका कारण नगरपालिकाका–६ र १२ वडाका करिब २०० परिवार मारमा परेका छन् ।

ठेकेदारलाई बारम्बार समस्याबारे जानकारी गराउँदा समेत कुनै चासो नदेखाएको स्थानीयवासी सुनिल कार्कीले गुनासो गरे । “सडक निर्माण गर्दा ठेकेदारले माटो पन्छ्याउने बताए पनि त्यसो गरेका छैनन्,” उनले भने । नहर पुरिएकोबारे स्थानीयले सडक डिभिजन कार्यालय र जिल्ला प्रशासनमा निवेदन दिएका छन् । रोपाइँको समय सकिन लाग्दा खेतीयोग्य जमिन बाँझै छ । विसं २०३५ मा उक्त नहर निर्माण गरिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप