आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निजी भवन आगलागीमा तीन बालबालिकाको मृत्यु

शुक्रबार, ०७ साउन २०७३, १६ : ३८
शुक्रबार, ०७ साउन २०७३

रसिया - रसियाको याकुतिया क्षेत्रमाअवस्थित एक भवनमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको समाचार छ ।

यस समाचारको पुष्टि रसियाली राज्य आगलागी नियन्त्रण सेवाले शुक्रबार गरेको छ । सो भवनमा भएको आगलागीमा दुइ बालिका र एक बालकको मृत्यु भएको जनाइएको छ ।

ती बालबालिकाका आमाले उनीहरुलाई घरमा बन्दगरी एक बैंकमा गएको अवस्थामा सो आगलागी भएको बताइएको छ ।

उक्त आगलागी ५१ स्वायर मिटर क्षेत्रमा फैलिएको आगलागी नियन्त्रण सेवाका अधिकारीहरुले जानकारी दिएका छन् ।

यस आगलागीको कारण अझै पत्ता नलागेको र अनुसन्धानरत रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप