सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तन आईएस आतङ्ककारी जस्तै खतरनाक : अमेरिकाका विदेशमन्त्री

शुक्रबार, ०७ साउन २०७३, २२ : २०
शुक्रबार, ०७ साउन २०७३

वासिङटन, ७ साउन - संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरीले इस्लामिक स्टेट (आईएस) समूह र केही अतिवादी समूहको आतङ्क जस्तै जलवायु परिवर्तन पनि विश्वको भविष्यका लागि अति खतरानाक भएको बताएका छन् ।

अस्ट्रियाको भियनामा शुक्रबार अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा आतङ्कवादले सार्वजनिक रुपमा जसरी विश्वको ध्यानाकर्षण गरेको छ त्यसरी जलवायु परिवर्तनले ध्यान तान्न नसकेको बताए ।

अमेरिकी विदेशमन्त्री केरीले भने , हामीले यस बैठकमा छलफल गरिरहेको जलवायु परिवर्तनको एजेन्डा विश्वलाई आतङ्कवादबाट जोगाउन विश्वले गर्ने छलफल जस्तै महत्वपूर्ण विषय हो किनकी दुवै कुरा यस संसारको अस्तित्वका लागि गरिने प्रयास हुन् ।

सन् १९८७ को मन्ट्रिएल प्रोटोकलले जसरी क्लोरोफ्लोरो कार्बन र वायुमण्डलमा असर गर्ने अन्य स्रोतलाई नियन्त्रणका लागि गरेको सहमतिलाई कार्यान्वयनमा ल्याउन गरेका पहलप्रति प्रशंसा गर्दै बाँकी रहेका कामलाई आगामी दिनमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप