रोनाल्डोको नाममा गृहनगरमा विमानस्थल
मडेइरा – पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएका कप्तान क्रिस्टियानो रोनाल्डोलाई सम्मानस्वरुप गृहनगर मडेइरामा एक विमानस्थल उनको नाममा राखिने भएको छ ।
मडेइरा टापुमा रहेको मुख्य विमानस्थलको नाम ‘मडेइरा क्रिस्टियानो रोनाल्डो एयरपोर्ट’ भनेर नामाकरण गरिने भएको हो ।
त्यहाँ यसअघि नै रोनाल्डोको मुर्ती, उनको नामको संग्राहलय र होटल रहेको छ ।
गर्भनर मिगुएल अल्बुक्अरक्युले उक्त निर्णय गरिएको पुष्टि गरे ।
युरो २०१६ को फाइनलमा घाइते बनेका उनी हाल आरामका लागि इबिजामा रहेका छन् ।
यसैबीच, रियल म्याड्रिडका स्टार रोनाल्डोले आफ्नो होटल पैस्टाना सीआर–७ को उद्घाटन गरेका छन् रोनाल्डोले भनेका छन्, ‘अलि विचित्र लागिरहेको छ, मैले ३१ वर्षको उमेरमै होटल संचालक बन्छु भन्ने कल्पान गरेको थिइन् ।’ रोनाल्डोको दोस्रो सीआर–७ होटल सन् २०१६ मै लिस्बनमा संचालनमा आउँछ भने म्याड्रिड र न्युयोर्कमा समेत सन् २०१७ मा सो नामबाट खोल्ने योजना रहेको जनाएका छन् ।