मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सहमति र सहकार्यमा नआउनेहरु विरुद्ध चुनौती : सिंखडा

आइतबार, ०९ साउन २०७३, ०९ : ४७
आइतबार, ०९ साउन २०७३

काठमाडौं–भिटोफ नेपालको यही साउन १६ गते हुन गईरहेको अधिवेशन तथा साधरणसभा र नयाँ नेतृत्वको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले भिटोफ नेपालका सदस्य तथा पर्यटन व्यवसायसँग छलफल भेला सम्पन्न गरेको छ ।

भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वरिष्ठ पर्यटन व्यावसायी गणेश सिंखडाले सर्वसम्मत नेतृत्वको पक्षमा आफूहरु रहेको बताएका छन् ।

माओवादी केन्द्र निकट पर्यटन व्यावसायीहरुको ग्रामिण पर्यटनमा भिजेका व्यक्तिहरुको भिटोफमा बलियो उपस्थिति रहेको भन्दै उनले सहमति र सहकार्यमा नआउनेहरु विरुद्ध आफूहरुको चुनौती रहने बताए ।

अन्याथा, छुट्टै प्यानलसहित उम्मेद्वारी घोषणा हुनसक्ने समेत उनले बताए ।

नेतृत्वको लागि अध्यक्षमा कमल सापकोटा र राजकुमार थापा मध्ये एकजना र महासचिवमा दिपक खनालले उम्मेद्वारका लागि इच्छा प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप