त्रिभुवन विमानस्थलमा बेबारिसे अवस्थामा भेटियो डेढ लाख पर्ने टिभी
आइतबार, ०९ साउन २०७३, १३ : ५०
काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा प्रहरीले शनिबार बेबारिसे अवस्थमा महंगो टेलिभिजन बरामद गरेको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन ट्याक्सी पार्किङ एरियाबाट प्रहरीले शनिबार वेवारिसे अवस्थामा सामासुङ कम्पनीको ३२ ईन्चका ८ वटा एलईडी टि.भी. हरु बरामद गरेको हो ।
त्यसको मूल्य १ लाख ६० हजार रुपैया बराबरको रहेको प्रहरीले बताएको छ ।
बरामद टिभीहरुले प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालयमा पठाएको छ ।