आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापामा बाढीको प्रकोप : एकको मृत्यु, एक बेपत्ता, सयौं घर डुबानमा

आइतबार, ०९ साउन २०७३, १८ : ४२
आइतबार, ०९ साउन २०७३

झापा – केही दिनदेखि परेको अविरल वर्षाको कारण पुर्वी नेपालको झापा जिल्ला जलमग्न भएको छ । झापा जिल्लामा रहेका मेची, कन्काई, विरिङ, रतुवा, देउनिया, कमल लगायतका खोलाहरुमा पानीको सतह बढ्न गई खोला छेउमा रहेका बस्तीहरुमा पानी पसि डुबान हुनाका साथै कतिपय स्थानमा खोलामा बाधिएको बांध समेत भत्काएर बस्तीमा पस्दा सयौंमा क्षति पु¥याएको छ ।

बिर्तामोड न.पा.२, चारपाने स्थित साङवेद मा.वि.को नव निर्मित भवनमा अदुवा खोला र विरिङ खोलाको बाढी पसेर क्षति पु¥याइरहेको अवस्थामा चारआलीबाट गएको नेपाली सेनाको टोलीले उक्त भवन छेउमा अस्थाई बांध बाधेर खोलालाई अर्को तर्फ फर्काई विद्यालय भवन सुरक्षित राख्न सफल भएको छ ।

पृथ्वीनगर गा.वि.स.द्ध स्थित १ानुचोकमा देउनिया खोला बस्तीमा पसेर क्षति पु¥याएको र सो खोलाले स्थानिय ४ जनालाई करिब १ कि.मि. बगाएको र रुखमा चढेर बसिरहेको अवस्थामा नेपाली सेनाको उद्धार टोलीले रवर बोटको सहायताबाट सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरुमा बिनिता लिम्बु, रेश्मा मगर र सविन लिम्बु रहेका छन् । सो उद्धार टोलीले उक्त स्थानमा रहेका करिव ५० परिवारलाई सुरक्षित स्थानमा सारेको छ ।

बिर्तामोड न.पा.१ स्थित बिर्तामोड बजार इलाकामा अदुवा खोलामा आएको बाढीको कारण जलमग्न भएका करिव ३० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

गौरादह न.पा.छ का ३६ वर्षिय टेकेन्द्र खड्का खोला तर्ने क्रममा बेपत्ता भएका छन् भने गोलधाप गा.वि.स.ढ का काली बहादुर लिम्बु खेतको खाल्डोमा डुबे पश्चात उपचारको क्रममा मृत्यु भएको छ ।

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवी प्रकोप उद्धार समिति र शान्ति सुरक्षा समितिको बैठक बसि बाढीबाट प्रभावित स्थानहरुमा उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अगाडी बढाउने निर्णय गर्नुका साथै सो टोलीले विरिङ खोलाको होक्से इलाकामा रहेको बिन्दुली बाँध, बुधबारेस्थित मलामिटार र त्यस आसपासको क्षेत्रमा भएको कटानको सम्बन्धमा स्थलगत निरिक्षण समेत गरेको छ । त्यस पश्चात बिन्दुली बांध फुट्ने र मलामीटारको कटानको जोखिमलाई मध्यनजर गरि मजबुद बनाउनको लागि थप तार जाली उपलब्ध गराई थप क्षति न्युनिकरण गर्नको लागि कार्य प्रारम्भ भइसकेको छ ।

आज बिहान ४ बजेदेखि नै नेपाली सेना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीको टोली जिल्लाको विभिन्न स्थानमा खट्टिई कार्य गरिरहेको र डुबानमा परेका बस्तीहरुबाट बृद्धबृद्धा, बालबालिका र महिलाहरुलाई प्राथमिकताका साथ उद्धार गरि सुरक्षित स्थानमा सारिरहेको झापा जिल्ला, चारआलीस्थित काली बहादुर गणका गणपति प्रमुख सेनानी खेम नारायण पौडेलले बताए ।

उनका अनुसार उद्धार कार्य जारी रहेको र झापा जिल्लाका गौरादह, लखनपुर, धरमपुर, गोलधाप, भद्रपुर, राजगढ, महाभारा, पांचगाछी, गरामनी, बिर्तामोड इलाकाहरु बाढीबाट बढी मात्रामा प्रभावित रहेको छ । महाभारामा २२ घर, चकचकीमा ३३ घर, कुमरखोदमा ४३ घर, कन्काई न.पा.मा ११ घर, घेराबारीमा ४९ घर, जलथलमा १७ घर, राजगढमा ५३ घर परिवार विस्थापित भएका र ती परिवारहरु मध्ये केही स्थानिय विद्यालयमा केही नजिकका छिमेकी तथा आफन्तकोमा आश्रय लिइरहेका छन् । साथै दिउँसो १ बजे पश्चात वर्षातको क्रम रोकिएकाले पानीको सतह घट्दै गएको र जनजीवन सामान्य बन्दै गइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप